आन्दोलनरत विद्यार्थीका माग पूरा गर्ने डा. कोइरालाले दिए आश्वासन « Khabarhub

आन्दोलनरत विद्यार्थीका माग पूरा गर्ने डा. कोइरालाले दिए आश्वासन


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शुल्कको विषयलाई लिएर आन्दोलनरत विद्यार्थीसँग विहीबार साँझ छलफल गरेको छ ।

काउन्सिलका नवनियुक्त अध्यक्ष डाक्टर भगवान कोइरालाले आन्दोलनरत विद्यार्थीसँग दुइ घण्टा वार्ता गर्दै माग पूरा गर्ने आश्वासन दिएका छन् ।

छलफलमा काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, डा कालुसिंह खत्री र आर्मी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज , काठमाडौं युनिभर्सिटी, नेशनल मेडिकल कलेज, पाटन मेडिकल कलेजका विद्यार्थी सहभागी थिए ।

छलफलमा काउन्सिलका अध्यक्ष डा कोइरालाले शुल्क फिर्ताका लागि काउन्सिलले पहल गर्ने आश्वासन दिएको स्रोतले बतायो ।

शुल्क कै विषयमा लामो समयदेखि विवाद हुदा भदौ देखि शुरू हुनुपर्ने एमबीबीएसको नयाँ भर्ना र शैक्षिक कार्यक्रम समेत प्रवाभित भएका छन् ।

नयाँ शैक्षिक कार्यक्रम नै प्रभावित भएको भन्दै काउन्सिलका अध्यक्ष डा कोइरालाले छिट्टै सबैपक्षसँग वार्ता गरेर शुल्कको विवाद टुंग्याउने बताएको स्रोतको भनाइ छ ।

“शुल्क फिर्ता वा समायोजन कसरी गर्ने भनेर छलफल भयो काउन्सिल का अध्यक्ष डा कोइरालाले विद्यार्थी को गुनासो सुन्नुभयो ।” स्रोतले खबरहबसँग भन्यो,” काउन्सिलले विद्यार्थीहरूलाइ शैक्षिक शत्रको कार्यक्रम प्रभावित हुन नदिन आग्रह पनि गर्यो ।”

काउन्सिलसँगको वार्तामा आर्मी मेडिकल कलेजका पीडित विद्यार्थीले कलेजले लिएको बढी शुल्क फिर्ताको पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै गण्डकी मेडिकल कलेजका विद्यार्थीले शुल्क फिर्ताको पहल गर्न डा कोइरालालाई आग्रह गरेका थिए । काउन्सिलका अध्यक्ष डा कोइरालाले शुल्क फिर्ताका लागि आफूले पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ११ : ३७ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन