एकै पटक ४ खोप लगाउँदा ४५ दिने शिशुको मृत्यु | Khabarhub Khabarhub

एकै पटक ४ खोप लगाउँदा ४५ दिने शिशुको मृत्यु


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।

शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ ।

यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलमा सहभागी स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यु भएको प्रमाण नभएको बताए ।

साम्बाले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृत्युको कारण खोप नभएको जिकिर गरे । सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ६ : ३१ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठकअघि प्रधानमन्त्री

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित