अमेरिकामा सात महिने बालक मेयर बने, बुबाआमाका काखमा बसेर लिए सपथ « Khabarhub

अमेरिकामा सात महिने बालक मेयर बने, बुबाआमाका काखमा बसेर लिए सपथ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी शहर व्हाइटहलमा सात महिनाका बालक विलियम चार्ली म्याकमिलन मेयर चुनिएका छन् । सात महिनामै मेयर चुनिएका उनी यति सानै उमेरमा मेयर बन्ने पहिलो व्यक्ति हुन् ।

मेयर चुनिएलगत्तै उनले व्हाइटहल कम्युनिटी सेन्टरमा शपथ ग्रहण गरेका छन् । सपथग्रहणका क्रममा उनी बुबाआमाको काखमा थिए । उनको शपथ ग्रहण समारोहमा १५० जना उपस्थित थिए ।

उनलाई गत अक्टोबरमा ग्राइएम्स काउन्टीको मेयर चुनिएको थियो । हरेक वर्ष व्हाइटहलको फायर स्वयंसेवक विभागको वार्षिक बीबीक्यू संकलन कार्यक्रममा मेयर चुनिएको हो । कार्यक्रममा मेयर पदको लागि बोली लगाइएको थियो । जसमा सबैभन्दा कम उमेरका चार्ली पनि सहभागी थिए ।

उनलाई धेरैले समर्थन गरेपछि मेयर बनेका हुन् । यद्यपि, मेयरको काम भने वास्तविक मेयरले गर्ने गर्छन् । मेयर चयन हुँदा र शपथ लिँदा उनी निक्कै खुसी देखिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ६ : ५४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल