‘सुशासनबिना मुलुक समृद्ध हुँदैन’ « Khabarhub

‘सुशासनबिना मुलुक समृद्ध हुँदैन’


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।

असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने उनले बताए । लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा रेग्मीले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताए ।

‘स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन’, उनले भने, ‘सत्कर्मले नै व्यक्तिलाई अब्बल बनाउने हो ।’ उनले लोभ, इर्ष्या, घमण्डले व्यक्तिलाई असल बन्नबाट रोक्ने हुँदा यी सबै पक्षबाट टाढा रहनुपर्ने बताए । रेग्मीले देशमा विकास र समृद्धिको यात्रालाई सहज बनाउन प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताए ।

लर्डबुद्धका अध्यक्ष हरि अधिकारीले क्लबले दूरदराजसम्म पुगेर दुःखी गरीबको घाउको मलमपट्टि लगाउने काम गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : ०९ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले