फेसबुक कर्मचारीहरूको तलब विवरण नै चोरी भएपछि ! « Khabarhub

फेसबुक कर्मचारीहरूको तलब विवरण नै चोरी भएपछि !


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब २९ हजारजना फेसबुक कर्मचारीहरूको गोप्य राखिनु पर्ने तलब विवरण नै चोरी भएको छ ।

पार्किंग क्षेत्रमा राखिएको एक फेसबुक कर्मचारीको गाडीमा भएको २९ हजारजना फेसबुक कर्मचारीको तलब विवरण सहितको हार्ड डिस्क चोरी भएको हो । उक्त चोरीको घटना गत महिना अर्थात् नोभेम्बरको १७ तारिखमा भएको थियो ।

चोरी भएको तीन दिनपछि मात्र फेसबुकले हार्डडिस्क हराएको कुराको जानकारी पाएको थियो । नोभेम्बर २९ मा आएर मात्र फेसबुकले यो हार्ड डिस्कमा कर्मचारीहरूको तलब विवरण रहेको निष्कर्ष निकालेको थियो ।

चोरी भएको हार्ड डिस्कमा रहेका विवरणहरूमा कुनै पनि प्रकारको सुरक्षा विधि अपनाइएको थिएन । यसर्थ, सो हार्ड डिस्कका फाइलहरूलिई इन्क्रिप्ट गरिएको थिएन । जसले गर्दा चोरी गर्ने व्यक्ति वा समूहलेल २९ हजार फेसबुक कर्मचारीको तलब विवरण हेर्न र पढ्न पाएका छन् ।

हार्ड डिस्कमा फेसबुक कर्मचारीको नाम, बैंक सम्बन्धित जानकारी, तलबको जानकारी, बोनसको विवरण जस्ता गोप्य जानकारीहरू थिए ।

चोरी भएको हार्ड डिस्क हालसम्म नभेटिए पनि अहिलेसम्म त्यहाँ भएका जानकारीहरू दुरुपयोगको कुनै पनि जानकारी आएको छैन । तर यो डेटाहरू जुन सुकै समयमा पनि अनलाइन लिक हुन सक्ने सम्भावना छ ।

फेसबुकका अनुसार कर्मचारीले कर्मचारी विवरण भएको हार्ड डिस्क आफूसँग लैजान नमिल्ने थियो । कम्पनीको नियम तोडे पछि फेसबुकले सम्बन्धित कर्मचारीलाई आवश्यक पर्ने कारबाही गरिसकेको छ । तर उक्त कर्मचारीलाई कस्तो कारबाही गरियो भन्ने जानकारी फेसबुकले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ०७ बजे

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज