स्थायी समिति बैठक रोकेर नेकपाको सचिवालय बैठक « Khabarhub

स्थायी समिति बैठक रोकेर नेकपाको सचिवालय बैठक


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेकपाको जारी स्थायी समिति बैठक केहीबेरका लागि स्थगित गरेर सचिवालय बैठक बसेको छ ।

सचिवालय बैठक बस्नका लागि केहीबेर बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकमा विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेपछि बैठक स्थगित भएको थियो ।

२९ मंसिरबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका छन् । शनिबार प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

अध्यक्ष दाहालले जवाफ दिनुअघि पार्टी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको हो । ९ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  २ : २३ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र