उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ? हरेक दिन यसरी खानुस् लसुन « Khabarhub

उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ? हरेक दिन यसरी खानुस् लसुन


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भान्सामा सामान्य रुपमा प्रयोग हुने लसुनका धेरै फाइदा रहेका छन् । तरकारीमा भुटेर वा ग्रेभीमा पिधेर लसुनको प्रयोग हुने गरेको छ ।

यो स्वाद र स्वास्थ्यका हिसावले निकै लाभकारी मानिन्छ ।

आयुर्वेदमा समेत लसुनको फाइदाबारे चर्चा गरिएको पाउन सकिन्छ । लसुन सामान्य रुपमा प्रयोग गर्ने गरिएको भएपनि खाली पेटमा लसुन खानुका विभिन्न फाइदा रहेका छन् ।

यस्ता फाइदा

बिहान खाली पेटमा काँचो लसुनको केस्रा चपाउँदा उच्च रक्तचाप नियन्त्रण हुनुका साथै यसले रक्तसञ्चार नियमित गराउँछ । साथै, मुटुरोगीलाई समेत फाइदा मिल्छ ।

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।

भोक नलाग्ने समस्या छ भने लसुन खानुस् । खाली पेटमा लसुन खानाले एसिडिटीको समस्या कम हुन्छ। पाचनप्रणाली ठीक हुन्छ।

लसुनमा रहेको सल्फर तत्वले रक्तकोषिकालाई बन्द हुनबाट बचाउँछ। यसमा हुने हिलिङ गुणले शरीरमा रहेको अक्सिजन फ्री रेडिकल्ससँग प्रतिरोध गरी बुढो देखिनबाट बचाउँछ।

लसुनमा ब्याक्टेरियाप्रतिरोधी क्षमता तथा पीडानाशक गुणसमेत हुन्छ। त्यसैले लसुनको केस्रा चपाउँदा दाँतदुखाइ कम हुन्छ।

नियमित लसुन सेवन गर्नाले श्वासप्रश्वास प्रणाली स्वस्थ रहन्छ। दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस र फोक्सोमा पानी जम्नेलगायत समस्याबाट छुटकारा मिल्छ।

लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । कतिपय अवस्थामा पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।

रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले निकै फाइदा पुग्छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  २ : ४० बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल