साताको शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार « Khabarhub

साताको शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए ।

दुई सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो । साताभर कूल ६५ लाख २१ हजार ३४ कित्ता शेयर रु एक अर्ब ७१ करोड ९९ लाख आठ हजार ७९२ मूल्यमा खरीद बिक्री भए ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नै कारोवार मापक सूचक ४.७८ अङ्कले घटेर एक हजार १६७ अङ्कमा झर्‍यो । कूल १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता शेयर रु ६८ करोड ६० लाख ७६ हजार १११ मा किनबेच भयो ।

गत मङ्सिर १६ देखि शेयरबजार लगातार बढ्दो क्रममा थियो । लगातार आठ कारोवार दिनमा सूचक ६० अङ्कले बढेको थियो । तर, यस साताको पहिलो दिन आइतबार नै बजारले नकारात्मक लय समात्यो ।

यस्तै सोमबार नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर एक हजार १५४ दशमलव ११ मा पुग्यो । कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । त्यस दिन नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने नेप्से परिसूचक ३.३० अङ्कले घटेर एक हजार १५२.०७ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि खुम्चियो । कूल १६५ कम्पनीका नौ लाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौ हजार ८५८ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से पुनः ओरालो लाग्यो । त्यस दिन नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुग्यो । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए ।

साताभर विभिन्न पाँच कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् । नेप्सेका अनुसार बेस्ट फाइनान्स कम्पनीको एक लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर सूचीकृत भयो ।

यस्तै बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १० हजार ८८० कित्ता हकप्रद, बैंक अफ काठमाडौँको ४८ लाख ३७ हजार ८६० कित्ता शेयर लाभांश, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर र एनआइसी एशिया बैंकको ८८ लाख ३४ हजार २२८ कित्ता शेयर लाभांश सूचीकृत भए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : ३८ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी