स्थायी कमिटीका नेतालाई शीतल निवास बोलाएर राष्ट्रपतिले छलफल गरेपछि नेकपामा चर्काचर्की « Khabarhub

स्थायी कमिटीका नेतालाई शीतल निवास बोलाएर राष्ट्रपतिले छलफल गरेपछि नेकपामा चर्काचर्की


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बसिरहेको समयमा नेताहरुलाई शीलत निवास बोलाएर छलफल गरेकी छिन् ।

संवैधानिक राष्ट्रपतिले सक्रिय भूमिका निर्वाह गरेको भन्दै आलोचना भइरहेको बेला सत्तारुढ दलको बैठकमा सहभागी हुनुपर्ने नेताहरुलाई भण्डारीले शीतल निवासमा बोलाएकी हुन् ।

राष्ट्रपति भण्डारीले बोलाएको भन्दै नेकपाका नेताहरु शंकर पोखरेल ,जनार्दन शर्मा, प्रदीप ज्ञवाली, देव गुरुङ, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, डा युवराज खतिवडा, शक्ति वस्नेत, वर्षमान पुन, घनश्याम भुसाल, विष्णु रिमाल शीतल निवास पुगेका थिए ।

नेकपाका नेता देवेन्द्र पौडेलका अनुसार विहान ९ बजेदेखि ११ बजेसम्म शीतल निवासमा विभिन्न विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले नेकपाको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमाथि पनि चासो राखेकी थिइन् । राष्ट्रपति भण्डारीले राजनीतिक प्रतिवदेनमा समेटिएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे पनि चासो व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए ।

राष्ट्रपति भण्डारीले राजनीतिक प्रतिवदेनमा लेखिएका विषय संविधानसँग बाँझिने खालका हुन नहुने नेताहरुसँगको छलफलमा बताएकी थिइन् । उनले बजेट कार्यान्वयमा भूमिका खेल्न समेत नेताहरुलाई आग्रह गरेकी थिइन् ।

उनले नेकपाको स्थायी कमिटी बैठकबारे जिज्ञासा राख्दै केही सुझावसमेत दिएको भेटमा सहभागी एक नेताले बताए ।

नेकपा बैठकमा चर्काचर्की !

शनिवार नेकपाको बैठक शुरु भएको करिब १ घन्टापछि शीतलनिवास पुगेका नेताहरु पार्टी कार्यालय धुम्बाराही फर्किएका थिए ।

एकैपटक धेरै नेताहरु बैठकमा प्रवेश गरेपछि पार्टी अध्यक्ष प्रचण्डले यसबारे प्रश्न गरेका थिए ।

प्रचण्डले प्रश्न गरेसँगै राष्ट्रपतिसँगको भेटका लागि शीतल निवास पुगेका नेता प्रदीप ज्ञवालीले राष्ट्रपतिसँगको भेट पूर्व निर्धारित भएको र केही समय ढिला भएको बैठकमा जानकारी गराएका थिए ।

उनले यस्तो जानकारी गराउनासाथ स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रपतिको भेटघाटबारे बहस गर्नुपर्ने बताका थिए । तर ज्ञवालीले राष्ट्रपतिको विषयमा पार्टी बैठकमा बहस गर्नुको कुनै अर्थ नुहुने बताए । उनले यसो भन्नसाथ भीम रावलसहितका अन्य नेताले राष्ट्रपति संविधान भन्दा माथि हो भन्दै प्रश्न गरेका थिए ।

नेताहरु विवादमा उत्रिएपछि पार्टी अध्यक्ष प्रचण्डले उक्त विषयमा बहस नगरि अन्य विषयमा केन्द्रीत हुन नेताहरुलाई आग्रह गरेका थिए ।

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक रुपमा सक्रिय हुन खोजेको आरोप लागिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त राष्ट्रपति कुनै दल विशेषको नभएको र स्वतन्त्र भूमिका खेल्नु पर्ने बताउँदै आएको छ । तर भण्डारीले भने नेकपा भित्रको राजनीति, मन्त्री हेरफेरमासमेत भूमिका खेलेको भन्दै नेकपा भित्रैबाट आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ४८ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको