विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन, राजनीतिक समाधान खोज्न सेनाको सुझाव « Khabarhub

विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन, राजनीतिक समाधान खोज्न सेनाको सुझाव


७ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यतिबेला नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि उत्पन्न अवस्थाको विषयमा सिर्जित विषयवस्तुका समाचार प्राथमिकतामा पर्न थालेका छन् ।

आजको नागरिक दैनिकले विप्लव समूहविरुद्ध प्रहरीको आक्रमक अपरेसन शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारले यो समूहको गतिविधिमा रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन शुरु गरेको हो । विप्लव समूहले पहाडी जिल्लामा केन्द्रित गतिविधिलाई तीब्र पारेपछि प्रहरीले अपरेसन शुरु गरेको छ ।

प्रहरीले आवश्यकता अनुसार नियन्त्रित अनुसन्धान प्रविधि र गुप्त कारबाही पद्धति अपनाएर अपरेसन शुरु गरेको छ । तर, नेपाली सेनाले भने यसको राजनीतिक समाधान खोज्न सुझाव दिएको छ । विप्लवका गतिविधिमा बल प्रयोग गर्नु राष्ट्रकै लागि घातक हुने सेनाको ठहर छ ।

त्यस्तै पीएसओ कम, पीए बढी शीर्षकको समाचारमा अहिले नेपालमा भीभीआईपी सुरक्षामा खटिने पीएसओ कम र पीए बढी भएको खबर छ । नेपालमा पीएसओ अंगरक्षक नियुक्तिमा अन्तर्राष्ट्रिय मापदण्ड तथा मूल्य मान्यताको ख्याल गरिएको छैन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ६ : ४४ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले