काठेपुल तर्दा पैसा तिर्नुपर्ने, सरकारले २४ करोड खर्चेको पुलमा पिलरमात्र « Khabarhub

काठेपुल तर्दा पैसा तिर्नुपर्ने, सरकारले २४ करोड खर्चेको पुलमा पिलरमात्र


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशभर निर्माणाधीन अवस्थामा रहेका पुल तिनीहरुको अवस्था, पुलका कारण जनताले पाएको सास्तीलगायतका विषयलाई समेटेर नयाँपत्रिकाले नियमित खबरहरु प्रकाशन गर्दै आएको छ । आज खबरहरु प्रकाशन गर्दै आएको छ । आज ‘२४ करोडको पुलमा पिलर मात्र सँगैको काठेपुल तर्दा जनताबाट असुली’ शीर्षकमा समाचार छापेको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि ०७२ सालमा निर्माण शुरु भएको पुल अहिले अलपत्र छ । २४ करोडमा सम्झौता भएको पुलमा पिलर मात्र छन् । छेउमा बनाइएको काठेपुलबाट नदी पार गर्नुपर्ने स्थानीयको बाध्यता छ । त्यो नदी पार गर्न उनीहरुले पैसा तिर्नुपर्छ। सरकारले बनाउने पुल अलपत्र परेका कारण काठेपुलको प्रयोग गर्नुपरेको र वर्खा लाग्ने बित्तिकै बाढीले पुल बगाउने हुँदा अर्को बनाउनका लागि पुल तर्ने व्यक्तिबाटै रकम उठाउनुपर्ने अवस्था आएको स्थानीयको भनाई छ ।

त्यस्तै रुपन्देहीमा ६ करोठको पुल निर्माण शुरु भएको ९ वर्ष पुगेको छ । जसले ९ वर्षको अवधिमा बगरमा पुल बनाएको छ तर, खोलामाथि भने खाली छ । कञ्चनपुरमा ४१ पुल बनाउन २५ अर्ब बजेट बिनियोजन भएको छ ।

त्यस्तै पत्रिकाले राष्ट्रियसभामा विनाटेन्डर २ करोडको सामग्री खरिद गरिएको छ। यो प्रक्रिया बाहिरको विषय हो भन्दै भुक्तानी स्वीकृत गर्न नमान्ने लेखा प्रमुख सरुवा भएका छन् । यो खर्चको अर्थमन्त्रालयले पनि स्वीकृति लिएको छैन् । कानुन छल्न एउटै कम्पनीका पाँच लाखमुनिका बिल रहेका छन् ।

त्यस्तै ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलिएको छ । यो मोरङ पथरीको समाचार हो । पीडित शारदा बराईलीले आफूबाट लगेको ऋण फिर्ता माग्दा छिमेकी पारस लिम्बु र फफराज लिम्बुको समूहले कुटपिट गर्दै कालोमोसो दलेको बताएकी छन् । घाइने उनको विराट नर्सिङ होममा उपचार भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : ०६ बजे

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण