त्रिशूली–३ ‘बी’ मा शेयर भर्दै प्रधानमन्त्री ओलीले गरे ‘जनताको जलविद्युत कार्यक्रम’को शुभारम्भ « Khabarhub

त्रिशूली–३ ‘बी’ मा शेयर भर्दै प्रधानमन्त्री ओलीले गरे ‘जनताको जलविद्युत कार्यक्रम’को शुभारम्भ


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली–३ को शेयर खरिद गरि ‘जनताको जलविद्युत’ कार्यक्रमको शुभारम्भ गरेका छन् ।

विहीवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नुवाकोटमा निर्माण गरिरहेको ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाका लागि शेयर खरिद गरेका हुन् ।

शेयर भर्नका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई र नेपाल डिपी लिमिटेडमा डिम्याट खाता खोलेका थिए ।

उर्जामन्त्री वर्षमान पुनले पनि शेयर खरिद गरेका छन् । प्रधानमन्त्री ओलीले १० हजार कित्ता र उर्जामन्त्री पुनले १ हजार कित्ता शेयर खरिद गरेका छन् ।  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न गत शुक्रबार (चैत १ गते)  आवेदन दिन आह्वान गरिएको थियो ।

बिहीबारबाट निष्कासन गरेको शेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता शेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ ९३ लाख ७० हजार ५ सय कित्ता को लागि मात्र सेयर माग गरिएको छ ।

सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर ९१ लाख ११ हजार १ सय ५० कित्ता० कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १० : ४० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार