काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सर्बियासँग बराबरी खेलेको छ । बुधबार राति टर्किमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाले १—१ गोल गरे ।
सर्बियाका लुका जोभिकले खेलको १२ औं मिनेटमा चलाखिपूर्ण तरिकाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सर्बियाभन्दा पछि रहेको जर्मनीले खेलमा फर्कन ६९औं मिनेटसम्म कुर्नु परेको थियो ।
खेलको ६९ औं मिनेटमा लियोन गोर्टेकाजले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।
यस्तै खेलको इन्जुरी समयमा सर्बियाका मिलान पाभकोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।
पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेका थिए । पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए । जसको कारण सानेको हड्डी भाँचिएको बताइएको छ ।
आइतबार जर्मनीले नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसंग खेल्ने छ ।
प्रतिक्रिया