‘रियल मेरा लागि ड्रिम क्लब हो’ « Khabarhub

‘रियल मेरा लागि ड्रिम क्लब हो’


७ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्वाले स्पेनिस महारथि रियल मड्रिड आफ्नो ड्रिम क्लब रहेको बताएका छन् । फ्रान्सबाट अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न फ्रान्स पुगेका पोग्वाले आफ्ना लागि रियल सपनाको क्लब भएपनि आफु युनाइटेडमै खुसी रहेको बताए ।

यो सिजनमा च्याम्पियन्सलिगमा कमजोर प्रदर्शनसँगै लिगबाट बाहिरिएको रियलले नयाँ खेलाडी खोजिरहेको बताइदै आएको छ । त्यसै क्रममा रियलको आँखामा फ्रान्सका पोग्वा पनि रहेको विश्लेषण भइरहँदा उनले रियलबारे भने, ‘हरेक बालकका लागि सपना हो र हरेक फुटबलरका लागि पनि ।’

‘यो विश्वको ठूला क्लब मध्येको एक हो । मैले सँधै भन्दै आएको पनि छु कि रियल हरेक खेलाडीका लागि सपनाको क्लब हो । अहिलेको अवस्थामा म युनाइटेडसँगै खुसी छु । खेलिरहेको छु । त्यहाँ नयाँ प्रशिक्षक आएका छन् ।’

२६ वर्षे पोग्वाले आफ्ना केयर टेकर प्रशिक्षक ओले गनर सोल्सायरको समेत प्रसंशा गरेका छन् । उनले सोल्सायर क्लबमा पूर्णकालिन रुपमा बस्दा सहज हुने बताएका छन् ।

पोग्वा युरो कप २०२० को छनोट खेल्न फ्रान्स पुगेका हुन् । जसमा फ्रान्सले शुक्रबार मोल्डोभा र सोमबार आइसल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  १२ : १३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६