‘रियल मेरा लागि ड्रिम क्लब हो’ « Khabarhub

‘रियल मेरा लागि ड्रिम क्लब हो’


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्वाले स्पेनिस महारथि रियल मड्रिड आफ्नो ड्रिम क्लब रहेको बताएका छन् । फ्रान्सबाट अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न फ्रान्स पुगेका पोग्वाले आफ्ना लागि रियल सपनाको क्लब भएपनि आफु युनाइटेडमै खुसी रहेको बताए ।

यो सिजनमा च्याम्पियन्सलिगमा कमजोर प्रदर्शनसँगै लिगबाट बाहिरिएको रियलले नयाँ खेलाडी खोजिरहेको बताइदै आएको छ । त्यसै क्रममा रियलको आँखामा फ्रान्सका पोग्वा पनि रहेको विश्लेषण भइरहँदा उनले रियलबारे भने, ‘हरेक बालकका लागि सपना हो र हरेक फुटबलरका लागि पनि ।’

‘यो विश्वको ठूला क्लब मध्येको एक हो । मैले सँधै भन्दै आएको पनि छु कि रियल हरेक खेलाडीका लागि सपनाको क्लब हो । अहिलेको अवस्थामा म युनाइटेडसँगै खुसी छु । खेलिरहेको छु । त्यहाँ नयाँ प्रशिक्षक आएका छन् ।’

२६ वर्षे पोग्वाले आफ्ना केयर टेकर प्रशिक्षक ओले गनर सोल्सायरको समेत प्रसंशा गरेका छन् । उनले सोल्सायर क्लबमा पूर्णकालिन रुपमा बस्दा सहज हुने बताएका छन् ।

पोग्वा युरो कप २०२० को छनोट खेल्न फ्रान्स पुगेका हुन् । जसमा फ्रान्सले शुक्रबार मोल्डोभा र सोमबार आइसल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १२ : १३ बजे

एमाले छिरे विवादास्पद शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- विवादास्पद शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित