विश्वकै पहिलो ५ ओटा क्यामेरा भएको फोन, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

विश्वकै पहिलो ५ ओटा क्यामेरा भएको फोन, यस्ता छन् विशेषता


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मोबाइल निर्माता कम्पनीहरुबीच अहिले सबैभन्दा बढी प्रतिस्पर्धा फोनमा समावेश गरिने क्यामेरालाई लिएर भइरहेको मानिन्छ । जसमा मोबाइल निर्माता कम्पनी नोकियाले अहिलेका लागि रेकर्ड बनाएको छ ।

अघिल्लो महिना बार्सिलोनामा आयोजि मोबाइल वर्ल्ड कङ्ग्रेसमा नोकियाले ५ रियर क्यामेर भएको (नोकिया ९ प्युअर भ्यू) फोन सार्वजनिक गर्‍यो । यसलाई ३ मोनोक्रम र २ आरजीबी सेन्सरसहित विश्वकै पहिलो ५ वटा क्यामेरा भएको फोनका रुपमा पनि लिइएको छ ।

कम्पनीले यो मोबाइलको अन्तर्राष्ट्रिय बिक्री मूल्य ६९९ अमेरिकी डलर तोकेको छ । अन्तर्राष्ट्रिय बिक्री मूल्यअनुसार यो फोन नेपाली बजारमा ७६ हजार ४ सय ४९ रुपैयाँ पर्ने छ । तर, कर जोडिएर आउँदा नेपालमा यसको मूल्य ८० देखि ८५ हजार रुपैयाँ पर्नसक्छ ।

फोनको सबैभन्दा खास कुरा यसमा उपलब्ध पेन्टा लेन्स क्यामेरा सेटअप हो । फोटोग्राफिमा उत्कृष्ट अनुभव दिनका लागि कम्पनीले क्वालकम र गूगलसँग मिलेर क्यामेरा तयार पारेको हो । ५ वटै क्यामेर १२–१२ मेगापिक्सलका छन् । सेल्फीका लागि फोनमा २० मेगापिक्सलको क्यामेरा छ ।

फोनमा ५.९९ इन्चको क्वाड एचडी टुके स्क्रिन, क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर र ६ जीबी र्‍याम उपलब्ध छ । यो फोनको स्टोरेज क्षमता १२८ जीबी छ ।

यो फोन हाललाई ४ जी एलटीई नेटवर्क तथा वाइफाइ ८०२.११, भी ५.० ब्लूटूथ, जीपीएस, एनएफसी, युएसबी टाइप सी कनेक्टिभिटीमा उपलब्ध हुने छ ।

३३२० एमएएच ब्याट्री उपलब्ध हुने फोनमा वायरलेस चार्जिङ सर्पोट पनि उपलब्ध हुने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १ : १६ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले