बेरोजगारको विवरण सङ्कलन गर्न स्थानीय तहलाई निर्देशन | Khabarhub Khabarhub

बेरोजगारको विवरण सङ्कलन गर्न स्थानीय तहलाई निर्देशन


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले बेरोजगारको विवरण सङ्कलन गर्नका लागि सबै स्थानीय तहमा रोजगार संयोजक तोकेको छ । उनका अनुसार रोजगार संयोजकबाट स्थानीय तहका सबै वडामा बेरोजगारका विवरण सङ्कलन गरिने छ ।

यस्तै रोजगार संयोजक नतोकिएका स्थानीय तहमा भने स्थानीय तहले आफैँ एक जना कर्मचारी खटाई बेरोजगारको विवरण सङ्कलन गर्ने निर्देशन दिइएको उनले बताए ।

सरकारले ४८५ स्थानीय तहमा बेरोजगारको विवरण सङ्कलन गर्नका लागि रोजगार संयोजक खटाइसकेको छ भने बाँकी स्थानीय तहमा रोजगार संयोजक तोक्ने कार्य अगाडि बढाएको छ ।

सरकारले चैत मसान्तभित्र आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहमा बेरोजगार भएकालाई नाम दर्ता गर्न आह्वान गरिसकेको छ । रोजगारी हकसम्बन्धी ऐन–२०७५, रोजगारी हकसम्बन्धी नियमावली–२०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका–२०७५ अनुसार बेरोजगारलाई एक आर्थिक वर्ष न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरेको छ ।

सय दिनको रोजगारी दिन नसकेमा सरकारले रोजगारी प्राप्त गर्न नसकेको दिनको पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : ०६ बजे

जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै

काठमाडौं – जय ट्रफी मेन्स एलिट कपमा सोमबार दोस्रो दिनका

बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाइँदै

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोकसँगै रहेको बीपी उद्यानको अतिक्रमण गरेर

‘पुष्पा–२’को आक्रमक व्यापार : बन्यो सबैभन्दा बढी कमाउने भारतीय फिल्म

काठमाडौं – तेलगु नायक अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा–२’ले भारतीयक

३० राज्यका ६ करोड अमेरिकी आँधीको जोखिममा

न्युयोर्क – अमेरिकामा लाखौँ अमेरिकीहरू अहिले ठुलो चिसो हावा र

इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यानचेस्टर