कजाकिस्तानमा राजधानीको नाम परिवर्तन गर्ने घोषणा, विरोध गर्ने २० जना पक्राउ « Khabarhub

कजाकिस्तानमा राजधानीको नाम परिवर्तन गर्ने घोषणा, विरोध गर्ने २० जना पक्राउ


७ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कजाकिस्तान– कजाकिस्तानको राजधानीको नाम अस्तानालाई परिवर्तन गरी नूरसुल्तान राख्ने सरकारको घोषणाको विरोधमा अस्तानामा प्रदर्शन गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विगत ३० वर्षयता राष्ट्रपतिको रुपमा रहेका नूरसुल्तान नजरबयेभले गत मंगलबार एकाएक राजीनामा दिएपछि उनको स्थानमा राष्ट्रपति बन्न आएका कशिम जोमार्त तोकायेभले पूर्व राष्ट्रपतिको सम्मानमा राजधानीको नाम नूरसुल्तान राख्ने घोषणा गरेपछि अस्तानाको मेयर कार्यालय अगाडि केही मानिसहरु प्रदर्शन गर्न भेला भएका थिए ।

पूर्व सोभियत गणराज्य रहेको कजाकिस्तानमा सरकारको विरोधमा हुने प्रदर्शन निकै दुर्लभ मानिन्छ ।

राजधानीको नाम फेर्ने राष्ट्रपति तोकायेभको घोषणालाई त्यहाँको संसद्ले तत्काल सदर गरेको थियो ।

यसपटक पनि अस्तानाको नाम परिवर्तन भएमा पछिल्लो ६ दशकमा यो पाचौँ नाम हुनेछ । तत्कालिन सोभियत संघकको एक गणराज्यको रुपमा रहेको कजाख शहर अस्तानाको नाम सन् १९६१ सम्म अक्मोलिन्स्क थियो ।

सन् १९६१ मा शहरको नाम परिवर्तन गरी सोलिनोग्राद राखिएको थियो । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि शहरको नाम अक्मोला राखिएको थियो । तर, सन् १९९७ मा दक्षिणपूर्वी शहर अल्माटीबाट राजधानी सारिएपछि अक्मोला शहरको नाम परिवर्तन गरी अस्ताना राखिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ३ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया