भारतीय पत्रिकाले लेख्यो– आईपीएल सन्दीपलाई क्षमता प्रदर्शन गर्ने अवसर « Khabarhub

भारतीय पत्रिकाले लेख्यो– आईपीएल सन्दीपलाई क्षमता प्रदर्शन गर्ने अवसर


७ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आफ्नो लागि क्षमता प्रमाणित गर्ने अर्को ठूलो अवसरका रुपमा लिएका छन् ।

बुधबार दिल्ली क्यापिटल्सको ‘फिरोज शाह रंगशाला’मा भएको अभ्यास खेलपछि उनले यो सिजनको आईपीएल आफ्ना लागि महत्वपूर्ण रहेको बताएका हुन् । उनको भनाइलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ– ‘जब म घर फर्किन्छु, मलाई कहिले काहीँ लाग्छ, प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्नुे वा खेल्न पाउनु पनि ठूलो संघर्ष हो, आफ्नो देशमा यस्तो सुविधा नहुँदा मैले ठूलो मौका पाएको जस्तो लाग्छ ।मलाई  थाहा छ, मैले धेरै संघर्ष गर्नुपर्छ । मलाई आईपीएल वा अन्य अन्तर्राष्ट्रिय लिग खेल्दा आफूलाई सधैँ उत्कृष्ट प्रदर्शन गर्नेतर्फ ध्यान दिन्छु ।’

सन्दीपलाई उदृत गर्दै हिन्दुस्तान टाइम्स अगाडि लेख्छ , ‘म सधैँ सेन वार्नरलाई आफ्नो आइडलसमेत मान्ने गरेको छु । आइपीएलले मलाई उहाँजस्तो खेलाडीलाई भेट गर्ने अवसर दियो । मैले उहाँलाई गएको संस्करणमा भेटेँ । उहाँले मेरो बलिङ सुधारको लागि केही टिप्स पनि दिनुभएको थियो’, सन्दीपले अगाडि थपे, ‘जसले गर्दा मेरो खेलमा उल्लेख्य सुधार आएको छ । तथापि, मलाई लाग्दछ, उनले दिएको सबैभन्दा महत्वपूर्ण सुझाव भनेको बलिङ गर्दा ठूलो मन लिएर ‘बोल्ड’ भएर बलिङ गर्नु हो । युवा स्पिनर अस्ट्रेलियाका लेजेन्ड्री सेन वार्नरका प्रसंशक हुन् ।’

सन्दीप दोस्रो सिजनको आईपीएल खेल्न बुधबार दिल्ली पुगेका हुन् । विहीबार भएको अभ्यासलाई उनले आईपीएल ओपनिङ मूम्बई इन्डियन्सविरुद्धको खेलका लागि तयारीका रुपमा लिएको बताएका छन् ।

सन्दीपले सन् २०१८ आफ्ना लागि फलदायी वर्ष रहेको बताएका छन् । विश्वका प्रतिष्ठित ट्वान्टी—२० फ्रेन्चाईज लिग खेलेका उनले अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि—२० लिग, टि—१० लिग, बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ५ : ५२ बजे

आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा

कोप–३१ मा सहभागी भई अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ– टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको

सरकारका कामकारबाहीप्रति प्रश्न उठाउँदैमा विरोध गरेको भन्न मिल्दैन : महामन्त्री आचार्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी

एनसेलले देशभरको थ्रीजी सेवा बन्द गर्दै, आधारभूत सञ्चार सेवा भने निरन्तर

काठमाडौं– दूरसञ्चार सेवाको गुणस्तर सुधार, नेटवर्क क्षमता विस्तार तथा आधुनिक

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

न्युयोर्क– अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा