चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्‍वारी घोषणा « Khabarhub

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्‍वारी घोषणा


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल चलचित्र कलाकार संघकाे आगामी नेतृत्वका लागि कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा गरेकी छन् । चैत २३ गते हुने संघकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यसअघि संघको महासचिव रहीसकेकी लामिछानेले आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी सरिता लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरेकी छन् ।

पछिलो समय  ‘दृष्टि’ नामक टेलिशृंखलामा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामक फिल्ममा समेत अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ०२ बजे

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको