एसिया कप ह्वीलचेयर क्रिकेट नेपाल हुँदै « Khabarhub

एसिया कप ह्वीलचेयर क्रिकेट नेपाल हुँदै


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — एसिया कप ह्वीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आयोजक ह्वीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता ४ सम्म चल्नेछ । यद्यपी प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन् ।

‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ,’ आयोजक ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने,‘ग्राउन्ड बुक गर्ने पक्षसंग हामीले कुरा गरिरहेका छौं । उहाँहरुको सकरात्मक जवाफ पाएका छौं ।’

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी ४ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा ७ खेल हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।

अध्यक्ष शेर्पाले ह्वीलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको जानकारी गराए । संघकै आयोजनामा गत वर्ष टीयू क्रिकेट मैदानमा नेपाल, भारत र बंगलादेश सम्मिलित ह्वीलचेयर कै त्रिकोणात्मक श्रृंखला भएको थियो । उक्त श्रृंखलाको उपाधि नेपालले जितेको थियो ।

पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर ह्वीलचेयर क्रिकेटका चेयरम्यान पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति थियो । जिसनकै अध्यक्षतामा बुधबार काउन्सिलको बैठक पनि बसेको थियो । बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय समेत गरेको अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : ०३ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने