इस्लामिक स्टेटविरुद्धको युद्ध जारी :  कुर्दिस फौज « Khabarhub

इस्लामिक स्टेटविरुद्धको युद्ध जारी :  कुर्दिस फौज


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– पूर्वी सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध लडिरहेका कुर्दिस लडाकु नेतृत्वको फौजले युद्ध अझै अन्त्य नभइसकेको जनाएको छ । इस्लामिक स्टेटविरुद्ध पूर्वी सिरियाको डिएर एजजोर प्रान्तको बाघुज शहरमा लडिरहेको कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले इस्लामिक स्टेटविरुद्धको युद्ध अझै नसकिएको जनाएको हो ।

यसअघि विभिन्न सञ्चारमाध्यममा एसडीएफले इस्लामिक स्टेटलाई पराजित गरिसकेको समाचार सार्वजनिक भएको थियो । तर, बिहीबार एसडीएफले इस्लामिक स्टेट अझै पराजित नभइसकेको र बाघुज क्षेत्रका केही क्षेत्रमा इस्लामिक स्टेटविरुद्धको कारवाही जारी नै रहेको जनाएको हो ।

यसअघि बुधबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट सानो भूभागमा मात्र सिमित भएको र रातभरमा इस्लामिक स्टेट पराजित भइसक्ने जनाएका थिए ।

डिएर एजजोर प्रान्तको बाघुज शहरमा इस्लामिक स्टेट पराजित भए पूर्वी सिरियामा इस्लामिक स्टेटका सम्पूर्ण भूभाग फिर्ता भइसक्ने छ ।
यद्यपि इस्लामिक स्टेटसँग अझै हजारौँ लडाकु तथा अरु नेताहरु जिवितै रहेकाले छापामार युद्ध वा अन्य शैलीका आतंकवादी आक्रमणलाई इस्लामिक स्टेटले निरन्तरता दिनसक्ने बताइन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ४८ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल