पाकिस्तानमा दुई जनालाई आजीवन कारावासको सजाय « Khabarhub

पाकिस्तानमा दुई जनालाई आजीवन कारावासको सजाय


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– इस्लाम धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका विद्यार्थीको हत्या गर्ने थप दुई जनालाई पाकिस्तानको अदालतले आजीवन कारावासको फैसला सुनाएको छ ।

आजीवन कारावासको सजाय पाउनेमध्ये एकजना सरकारी कर्मचारी तथा पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तहरिक ए इन्साफ पार्टीका कार्यकर्ता समेत रहेको बताइएको छ ।

हत्या गर्न उक्साउने ती दुईलाई आजीवन कारावासको सजाय सुनाइएको हो । यसै घटनामा संलग्न रहेको अभियोग लागेका अन्य दुई जनालाई प्रतिआतंकवाद अदालतले अदालतले निर्दोष साबित गरेको छ ।

पाकिस्तानको मुलुकको खैबर पख्तुनख्वा प्रान्तको मर्दान शहरको विश्वविद्यालयमा धर्मका विषयमा सामान्य वादविवाद हुँदा एकजना २३ वर्षीय विद्यार्थीलाई यातना दिएर हत्या गरिएको थियो ।

र, पछि अदालतले ती विद्यार्थीले इस्लामको निन्दा गरेको आरोप असत्य रहेको फैसला सुनाएको थियो । गत वर्षको फेब्रुअरी महिनामा अदालतले यसै घटनामा अभियुक्त एक जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : ०७ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्