पाकिस्तानमा दुई जनालाई आजीवन कारावासको सजाय | Khabarhub Khabarhub

पाकिस्तानमा दुई जनालाई आजीवन कारावासको सजाय


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– इस्लाम धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका विद्यार्थीको हत्या गर्ने थप दुई जनालाई पाकिस्तानको अदालतले आजीवन कारावासको फैसला सुनाएको छ ।

आजीवन कारावासको सजाय पाउनेमध्ये एकजना सरकारी कर्मचारी तथा पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तहरिक ए इन्साफ पार्टीका कार्यकर्ता समेत रहेको बताइएको छ ।

हत्या गर्न उक्साउने ती दुईलाई आजीवन कारावासको सजाय सुनाइएको हो । यसै घटनामा संलग्न रहेको अभियोग लागेका अन्य दुई जनालाई प्रतिआतंकवाद अदालतले अदालतले निर्दोष साबित गरेको छ ।

पाकिस्तानको मुलुकको खैबर पख्तुनख्वा प्रान्तको मर्दान शहरको विश्वविद्यालयमा धर्मका विषयमा सामान्य वादविवाद हुँदा एकजना २३ वर्षीय विद्यार्थीलाई यातना दिएर हत्या गरिएको थियो ।

र, पछि अदालतले ती विद्यार्थीले इस्लामको निन्दा गरेको आरोप असत्य रहेको फैसला सुनाएको थियो । गत वर्षको फेब्रुअरी महिनामा अदालतले यसै घटनामा अभियुक्त एक जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : ०७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग