समाचार

तराईको होली: जोगिरा गाउँनेदेखि होलिका जलाउनेसम्म (फोटोफिचर)

By खबरहब

March 21, 2019

काठमाडौं– तराईका जिल्लामा विहीबार धुमधामका साथ होली मनाइएको छ । बुधबार काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा मनाइएको होली पर्व विहीबार तराईका जिल्लामा मनाइएको हो । जनकपुरमा भने शुक्रबार होली मनाइँदै छ । तराईका विभिन्न जिल्लामा होलीको रौनक यस्तो देखिएको थियो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ का थारु परिवार  एक ठाउँमा भेला भएर होली मनाउदै । बाह्य क्षेत्रमा काम गर्न गएकाहरु घरमा आएर एक साथ होली मनाउने गरेका छन् ।
सुनसरी सदरमुकाम इनरुवा–२ मा जोगिरा गाउँदै स्थानीय कलाकार ।
विराटनगरमा होली पर्व मनाउँदै सर्वसाधारण ।
विराटनगरमा बिहीबार आयोजित होली मिलन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संंघीय सांसद अमनलाल मोती फागु पूर्णिमाको अवसरमा रमाउँदै ।
रंगको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु समुदाय होलिका जलाउदै ।
सुनसरी सदरमुकाम इनरुवामा  होली पर्वको अवसरमा झाँकी प्रस्तुतीका लागि सजिएका मारवाडी समुदाय ।