वरिष्ठ पत्रकार श्रेष्ठको स्वास्थ्यमा समस्या « Khabarhub

वरिष्ठ पत्रकार श्रेष्ठको स्वास्थ्यमा समस्या


७ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामना न्युज पब्लिकेसन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सम्पादक श्रेष्ठ केही दिन यता ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर  उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

करिब चार महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिए पनि उनको स्वास्थ्यमा पूर्णरुपमा सुधार हुन सकेको थिएन ।

उनी चिकित्सकको परामर्शमा रहँदै आएका थिए ।  नियमित उपचार प्रक्रिया चल्दै गर्दा गत आइतबार स्वास्थ्य समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हाे ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ५ : ४४ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा