युभेन्ट्सको जीतसँगै रोनाल्डोको नयाँ कीर्तिमानी « Khabarhub

युभेन्ट्सको जीतसँगै रोनाल्डोको नयाँ कीर्तिमानी


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इटालीयन जाइन्ट युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ’ए’ को उपाधि जितेको छ । शनिबार राति भएको खेदमा फियोरेन्टिनालाई २–१ गोलले पराजित गर्दै युभेन्ट्सले आठौं पटक उपाधि जितेको हो ।

पाहुना टोली फियोरेन्टिन्होले खेलको छैठौं मिनेटमा गोल गर्दै अग्रता नबाएको थियो । तर, उक्त अग्रता तोड्दै युभेन्टसले उपाधि हात पारेको हो ।

युभेन्ट्सका लागि खेलको ३७ औं मिनेटमा एलेक्स सान्ड्रोले एक गोल गरे भने एक गोल फियोरेन्टिन्होबाट एक गोल उपहार स्वरुप पाएको थियो ।

खेलको ५३ औं मिनेटमा फियोरेन्टिनाका निकोला मिलेन कोभिकले गोल गर्दा जर्मन पिजेल्लाले आत्मघाती गोल गरे ।

युभेन्ट्सले सिरी ए जितेसँगै विश्व चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपका मुख्य ३ लिगको उपाधि जित्दै नयाँ इतिहास बनाएका छन् ।

यसअघि उनले म्यान्चेस्टर युनाइटेडमा हुँदा इंग्लिस प्रिमियर लिग, रियल मड्रिडमा रहँदा ला लिगा र इटालीयन क्लब युभेन्ट्सबाट सिरी ए जित्दै कीर्तिमानी बनाएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५५ बजे

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.