राष्ट्रपति विद्या भण्डारी बुधबार चीन जाँदै « Khabarhub

राष्ट्रपति विद्या भण्डारी बुधबार चीन जाँदै


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ९ दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार छिमेकी राष्ट्र चीन जाने भएकी छन् । चीनको औपचाकिर भ्रमणमा ११ गते राष्ट्रपति भण्डारी नेपालबाट प्रस्थान गर्ने र १९ गते आइपुग्ने कार्यतालिका तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुनेछ । त्यस्तै बेइजिङमा हुने दोस्रो बेल्ट तथा रोड मञ्चमा सहभागी हुने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति अन्तर्राष्ट्रिय हर्टिकल्चरल प्रदर्शनीको उद्घाटन समारोहमा पुग्ने कार्यक्रम छ।

राष्ट्रपति सीले नेतृत्व गर्ने डेलिगेसनबीच दुईपक्षीय वार्ता हुँदा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै राष्ट्रपति भण्डारीले दुई देशका व्यावसायिक क्षेत्रका प्रतिनिधिको सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यतालिका बनेको छ । राष्ट्रपतिले साङ्सी प्रदेशको राजधानी सिआन तथा तिब्बतको राजधानी ल्हासाको भ्रमण गर्ने पनि तालिका बनाइएको छ ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतको टोली चीन जानेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ४७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।