आर्चरीमा अशिम र मुकेशको फाइनल यात्रा « Khabarhub

आर्चरीमा अशिम र मुकेशको फाइनल यात्रा


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ तथा आर्मीकी मित्र राईले कास्कीकी केशरी आले मगरलाई ६–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष रिकर्भ टिम ७० मिटरमा कास्कीले अन्नपूर्णलाई ६–२ तथा प्रहरीले आर्मीलाई ५–१ ले पाखा लगाउदै फाइनलमा पुगे । रिकर्भ मिक्स टिममा आर्मीका रोशन र ज्ञानु तथा डम्बर थापा र आईशा तामाङको जोडी फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्री गुरुङले कञ्चनपुरका होम थापा मगरलाई १४३–१२६ तथा कास्कीका राजेश राणाले थसाङ स्पोर्ट्स क्लबका रमेश भट्टचनलाई १४१–१२४ ले पन्छ्याउदै फाइनल यात्रा तय गरे ।

पुरष ३० मिटर व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङले बेस्ट आर्चरीका ग्रीष्मा गुरुङलाई ६–० तथा बेस्ट ग्रुपकै प्राण्जल राईले आर्मीका कमल दानीलाई ६–० ले पराजित गरी फाइनलमा पुगे । सो स्पर्धाको महिलामा अर्चना थापा मगरले सोलिना गुरुङलाई ७–१ तथा अनुषा गुरुङले एपीएफकी सोनु जया राईलाई ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । सोनु एपीएफ तथा बाँकी अन्नपूर्णका हुन् ।

पुरुष ३० मिटर टिममा आर्मीले थसाङलाई ५–३ तथा बेस्टले कास्कीलाई ५–३ ले निराश पार्दै फाइनलमा स्थान बनाए । त्यसै स्पर्धाको महिलामा अन्नपूर्णले सुनसरीलाई ६–० तथा कञ्चनपुरले आर्मीलाई ५–१ ले हराउदै फाइनलमा पुगे ।

मिक्स स्ट्यान्डर्ड ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापा तथा आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडी फाइनलमा पुगे ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : २४ बजे

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्