श्रीलंकामा श्रृङखलाबद्ध बम आक्रमण, २० जनाको मृत्यु « Khabarhub

श्रीलंकामा श्रृङखलाबद्ध बम आक्रमण, २० जनाको मृत्यु


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि कम्तिमा २० जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३ ओटा गिर्जाघर र २ होटल तथा अन्य ठाउँमा गरी ६ वटा ठाउँमा बम विस्फोट भएको छ ।

तस्वीर– डेलि मिरर श्रीलंका

श्रृङखलाबद्ध आक्रमणमा परि २ सयभन्दा धेरै घाइते भएका विवरण प्राप्त भएका छन् ।

समाचार संस्था एएफीले घाइतेमध्ये ८० जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको उल्लेख गरेको छ ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रृङखलाबद्ध विस्फोट गराइएको जनाइएको छ ।

तस्वीर– डेली मिरर श्रीलंका

हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ३१ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६