‘कबड्डी ३’ मा प्रदीप खड्का- वास्तविकता एउटा, हल्ला अर्कै « Khabarhub

‘कबड्डी ३’ मा प्रदीप खड्का- वास्तविकता एउटा, हल्ला अर्कै


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्काले पछिल्लो फिल्म ‘लभ स्टेशन’ असफल भएपछि केही महिना फिल्ममा अभिनय नगर्ने सोचमा छन् । एकपछि अर्को गर्दै फिल्म फ्लप भइरहेका बेला केही मिडियामा भने प्रदीप खड्का फिल्म ‘कबड्डी ३’ बाट ‘आउट’ भएका समाचार प्रकाशित भए । समाचारका अनुसार ‘लभ स्टेशन’ असफल भएपछि रामबाबु गुरुङले फिल्म ‘कबड्डी ३’ बाट प्रदीप खड्कालाई आउट गरेका थिए ।

यता प्रदीपले भने फिल्म ‘कबड्डी ३’ मा अभिनय गर्नेबारे औपचारिक कुरा नभएको, बरु मिडियाले फिल्ममा ‘भित्र्याउने’ र ‘आउट’ गराएको गुनासो गरेका छन् । उनले निर्देशक रामबाबु गुरुङसँग फिल्म ‘बेली’ का लागि भेट भएको र सोही क्रममा अनौपचारिक रुपमा ‘कबड्डी ३’ मा पनि ‘सामान्य’ कुरा भएको दावी गरे ।

‘रामबाबु दाइसँग मेरो फिल्म ‘बेली’ का लागि भेट भएको हो, उहाँले अनौपचारिक रुपमा अर्को फिल्ममा पनि काम गर्नुपर्छ भन्नुभएको थियो, मैले पनि हुन्छ भनेको हो,’ अभिनेता खड्काले खबरहबसँग भने, ‘अनौपचारिक कुरा त अरुसँग पनि हुन्छ नि, सामान्य भेट हुँदा पनि भइहाल्छ नि ।’

साथै उनले फिल्म ‘लभ स्टेशन’ पछि केही समय फुर्सदमा भएको र त्यही समयमा फिल्मको शूटिङ भयो भने अभिनय गर्न समय मिल्ने भएकाले ‘समय मिल्यो भने गरौँला’ भनेको बताए । अब भने फिल्म ‘प्रेम गीत ३’ का लागि तयारी गर्नुपर्ने भएकाले आफूले नभ्याउने भनेर निर्देशक रामबाबुलाई भनेको पनि उनले सुनाए ।

पछिल्लो समय अभिनेता प्रदीप खड्का फिल्म ‘लभ स्टेशन’ मा जसिता गुरुङसँग देखिएका थिए । उनले साइन गरेका केही फिल्मको छायांकन हुन बाँकी छ । फिल्ममा खासै क्रेज देखाउन नसके पनि उनको माग भने बढ्दो छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : ४१ बजे

एउटै क्षेत्रमा १५-२० हेलिकप्टर कसरी उड्छन् ?

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो