पार्टी एकताको काम सकियो, भोलि घोषणा हुन्छ– प्रचण्ड « Khabarhub

पार्टी एकताको काम सकियो, भोलि घोषणा हुन्छ– प्रचण्ड


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकि काम टुंगिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको प्रचण्डको भनाइ थियो ।

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको बाँकि काम आजै बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको बताए ।

पार्टी एकताको बाँकी काम प्रधानमन्त्री ओलीसँगको छलफलबाट टुंगो लगाइएको छ र त्यसलाई भोलि घोषणा गर्नेगरि निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको छ’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे÷नगरेको समिक्षा गरेर अघि बढने पनि बताए । उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : ४३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना