नेकपा एकता प्रक्रिया टुंगियो, ६ बजे सचिवालय बैठक बसेर अनुमोदन गर्ने « Khabarhub

नेकपा एकता प्रक्रिया टुंगियो, ६ बजे सचिवालय बैठक बसेर अनुमोदन गर्ने


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले पूर्णता पाएको छ । टुग्गिएको एकता प्रक्रियालाई आज (आइतबार) साँझ ६ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्नेछ ।

आज बस्ने सचिवालय बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिई भोलि (सोमबार) एकता प्रक्रियाको सम्पूर्ण विषय टुंग्एिको घोषणा गर्ने तयारी नेकपाले गरेको छ ।

पार्टी एकताको सम्पूर्ण काम टुंग्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरिएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुंगिएका विषयलाई सचिवालयले अनुमोदन गर्ने बताए ।

आज बिहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा पार्टीको जिम्मेवारी दिँदा अनुहारलाई नभई नीति र सिद्धान्तलाई अबलम्बन गरिने सहमति भएको छ ।

सोही सहमति अनुसार साँझ ६ बजे सचिवालय बैठक बस्ने छ । सचिवालय बैठक अघि अध्यक्षद्वय ओली र प्रचण्डबीच अहिलेसम्म भएका सहमतिका विषयलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । दुई अध्यक्षको छलफलपछि सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : १२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला