विवादमा फस्यो कंगनाको फिल्म, नाम फेर्न माग « Khabarhub

विवादमा फस्यो कंगनाको फिल्म, नाम फेर्न माग


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री कंगना रनावत आफ्नो पछिल्लो फिल्म ‘मणिकर्णिका’ का शूटिङको समयदेखि नै कुनै न कुनै कारण चर्चामा आइरहेकी थिइन् । यतिबेला कंगना फेरि चर्चामा त छिन्, तर विवादमा तानिएर ।

उनको अभिनय रहेको फिल्म ‘मेन्टल हे क्या’ को शीर्षकमा नै विवाद उत्पन्न भएको छ । राजकुमार राव र कंगना रनावत स्टारर यो फिल्म जुन महिनामा रिलिज हुँदैछ । फिल्मका पोस्टरले दर्शकको ध्यान तानेको पनि छ । तर, यो फिल्मको पोस्टर र टाइटललाई लिएर मानसिक हेल्थसँग सम्बन्धित व्यक्तिहरुले आपत्ति जनाएका छन् ।

उनीहरुका अनुसार यो फिल्मले दिमागी बिरामीलाई कलंकित देखाउन खोजेको छ ।

इन्डियन साइक्याट्रिक सोसाइटीले सेन्सर बोर्ड, सूचना एवम् प्रसारण मन्त्रालय र पीएमओलाई पत्र लेखेर फिल्मको शीर्षकप्रति आपत्ति जनाएको हो । रिपोर्टसका अनुसार यो फिल्मले मानसिक रोगीमाथि अपमान गरेको छ । उनीहरुको दाबीअनुसार ‘फ्रीडम अफ स्पीच र क्रिएटिभिटी’को नाममा मानसिक रोगीको मजाक उडाउन पाइँदैन ।

सोसाइटीले फिल्मको नाम चेन्ज गर्नका साथै पोस्टर हटाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको