श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट : ज्यान गुमाउनेको संख्या १६० नाघ्यो « Khabarhub

श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट : ज्यान गुमाउनेको संख्या १६० नाघ्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– श्रीलंकाका विभिन्न ८ ठाउँमा भएको श्रृंखलाबद्ध बम  विष्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ६० नाघेको छ ।

मुख्य शहर कोलम्बोसहित ३  जिल्लाका ३ वटा चर्च, ३ वटा स्टार होटल  र  अन्य दुई ठाँउमा  गरी  ८ ठाउँमा भएको बम बिष्फोटमा परी ५ सय  भन्दा धेरै  मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हरेक वर्षको अप्रिल महिनाको पूर्णिमापछिको पहिलो आइतबार ‘इस्टर सनडे’ नामक पर्व मनाउन भेला भएकालाई लक्षित गरी चर्च र होटलमा आक्रमण भएको हो।

तस्वीर– डेली मिरर श्रीलंका

आक्रमणकारीले श्रीलंकाको राजधानी कोलम्बोसहित नेगम्बो र बट्टिकोलामा एकसाथ आक्रमण गरेका हुन् ।  श्रीलंकाला बम आक्रमण परी ज्यान गुमाउनेको संख्या १ सय ६० पुगेको  एएफपीले जनाएको हो ।

तस्वीर– एएफपी

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आक्रमणको निन्दा गरेका छन् । साथै सबैलाई शान्त रहन उनको आग्रह छ ।

आक्रमण लगत्तै त्यहाँका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् । त्यस्तै, श्रीलंकामा सेनालाई उच्च सतर्कतामा राखिएको तथा कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था उच्च पारिएको छ ।

तस्वीर– डेलि मिरर श्रीलंका

बम आक्रमणपछि श्रीलंकाली सरकारले सोमबार र मंगलबार सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै विमानस्थल र अन्य संवेदनशील स्थानहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तस्वीर– एएफपी

स्थानीय अधिकारीले ईसाई धर्मावलम्बीलाई लक्षित गरी बम आक्रमण गराइएको प्रतिक्रिया दिएका छन् । आक्रमणको जिम्मा भने कुनै पनि संगठन लिएको छैन ।

यद्यपि, त्यहाँका अल्पसङ्ख्यक इसाई धर्मावलम्बीहरुले निकै लामो समयदेखि बहुसङ्ख्यक बौद्ध धर्मालवलम्वीका उग्रवादीहरुले आक्रमण गर्ने गरेको बताउँदै आएका छन् ।

पछिल्ला केही वर्षयता श्रीलंकामा धार्मिक समुदायबीच आक्रमणका घटनाहरु हुने गरेका छन् । केही वर्ष अघिमात्र श्रीलंकामा बहुसङ्ख्यक सिंहाली बौद्ध धर्मावलम्बी र मुसलमान धर्मावलम्वीच आक्रमणका घटनाहरु भएका थिए ।

सन् २००९ मा सकिएको गृहयुद्धपछि तुलनात्मक रुपमा शान्त रहेको श्रीलंकामा भएको यो केही दशक यताकै सबैभन्दा घातक बम आक्रमण हो ।

करिब २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलंकामा ७० प्रतिशत बौद्ध धर्मावलम्बी, १३ प्रतिशत हिन्दु, १० प्रतिशत मुसलमान तथा करिब ८ प्रतिशत इसाई धर्मावलम्बी रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : १२ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र