नेपाल–चीन शैक्षिक मेला’ शुरु | Khabarhub Khabarhub

नेपाल–चीन शैक्षिक मेला’ शुरु


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा ‘नेपाल–चीन शैक्षिक मेला’ सुरु भएको छ ।

दुई मुलुकबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ आईतबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सो मेला सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दुई मुलुकबीचको जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले सो मेलाले नेपाल–चीनबीचको सम्बन्धलाई झनै प्रगाढ बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चिनियाँ भाषा शिक्षक संघ, नेपालको संयोजनमा आयोजना गरिएको ३ दिनसम्म चल्ने मेलामा नेपाल र चीन दुवै मुलुकका भाषाका विज्ञहरुको उल्लेख्य सहभागिता रहेको छ । मेलामा चिनियाँ भाषाको ज्ञान दिने शैक्षिक सामग्रीहरु राखिएको ८ वटा स्टल पनि राखिएको चिनियाँ भाषाकी शिक्षक तारा खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : २८ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग