तातोपानी नाका खुल्ने सुनिश्चित भइसक्यो– सापकोटा « Khabarhub

तातोपानी नाका खुल्ने सुनिश्चित भइसक्यो– सापकोटा


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको बताएका छन् ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भइसकेको बताए ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए । राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नु परेको नेता सापकोटाको भनाइ छ ।

नेता सापकोटाले नेपालले सुरक्षा चुनौती हुन नदिने प्रतिवद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पस्ट पारे ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ३३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव