श्रीलंकामा श्रृंखलाबद्ध विस्फोट– ‘ बम विस्फोटको योजना विदेशमा बन्यो’ « Khabarhub

श्रीलंकामा श्रृंखलाबद्ध विस्फोट– ‘ बम विस्फोटको योजना विदेशमा बन्यो’


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा आइतबार विहान भएको श्रृंखलाबद्ध विस्फोटमा २०७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकाको समाचार संस्था डेलिमिरर एलकेले जनाए अनुसार घटनामा ४५० भन्दा धेरै घाइते भएका छन् ।

श्रीलंका सरकारका अनुसार श्रृंखलाबद्ध विस्फोट आत्मघाती हमलाकारीले गराएका थिए । जसको योजना विदेशमा रचिएको थियो ।

श्रीलंकाली रक्षामन्त्री आर विजयवर्धनलाई बीबीसीले उदृत गर्दै भनेको छ,‘यो आत्मघाती हमला हो र अहिले सम्म सात जनालाई नियन्त्रणमा लिइएको छ ।’

‘जासूसी एजेन्सीले हमलाको बारेमा सूचना दिएका थिए तर यसलाई रोक्नु भन्दा पहिला नै विस्फोट भयो, विस्फोटको योजना विदेशमा बनाइएको थियो’ रक्षा मन्त्री आर विजयवर्धनले भने ।

थप विस्फोट हुन सक्ने भन्दै मानिसहरु त्रासमा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

श्रीलंकाको प्रधानमन्त्री कार्यालयले घटनामा नौ जना विदेशीको मृत्यु भएको जनाएको छ ।

विस्फोटमा कसको संलग्नता छ भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तीन चर्च र कोलम्बोमा रहेका तीन पाइभ स्टार होटलमा विस्फोट भएका थिए ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले सुरक्षा संयन्त्रसँगको आपतकालिन बैठक बोलाएका छन् ।

इस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यसको अवसर पारेर चर्चामा ठूलो संख्यामा मानिसहरु प्रार्थनाका लागि उपस्थित भएका थिए ।

सेन्ट एन्थोनी र अन्य चर्चमा हजारौं मानिस इस्टरको प्रार्थनाका लागि एकत्रित भएका थिए । एक प्रत्यक्षदर्शीले बीबीसीलाई जनाए अनुसार विस्फोटपछि उनले धेरै शवहरु एकमाथि अर्को खात लागेका देखेका थिए ।

प्रत्यक्षदर्शीले जे देखे

प्रत्यक्षदर्शी रोशनले बीबीसीलाई घटनाबारे बताए । ‘म आफ्नो घरमा थिए त्यतिबेला मैले टायर पड्किएको जस्तो आवाज सुने, घर बाहिर निस्कदा मैले धुवाको ठूलो मुस्लो देखे ’ प्रत्यक्षदर्शी रोशनको भनाइ ।

उनले भने,‘हामीले विस्फोटमा परि घाइते भएका दुई तीन जनालाई अस्पताल लग्यौं, त्यहाँ मानिसहरुको शव टुक्रा टुक्रा अवस्थामा यताउति छरिएका थिए ।’

श्रीलंकामा करिब २५ वर्ष चलेको गृहयुद्ध समाप्त भएपछि छिटफुट हिंसाका घटना हुने गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ०५ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ