साबित्राको गोलले तामिलनाडु क्लब सेतु फाइनलमा « Khabarhub

साबित्राको गोलले तामिलनाडु क्लब सेतु फाइनलमा


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकि प्रभावकारी खेलाडी साबित्रा भण्डारीले चार गोल गरेर सोमबार तामिलनाडु क्लब सेतुलाई भारतीय महिला फुटबल लिगको फाइनलमा पुर्‍याएकी छन्।

नेपाली फरवार्ड साबित्राले चार तथा ग्रेसले ह्याट्रिक गरेपछि सेतु सेन्ट्रल एसएसबी वुमन्सविरुद्ध ८-१ गोलअन्तरको जित निकाल्दै उपाधि नजिक पुगेको हो । सेतुले अब उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

लुधियानास्थित गुरु नानक स्टेडियममा एकलौटी बनेको खेलमा नेपालकी साबित्रा चम्कीन् । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा पहिलो गोल गरेकी साबित्राले ५९ औं मिनेटमा दोस्रो तथा ६५ औं मिनेटमा ह्याट्रिक पुरा गरीन् । खेल सकिन केही समय बाँकी रहँदा सेतुले टोलीका लागि आठौं तथा ब्यक्तिगत चौथो गोल गरिन् ।

आजको ४ गोलसंगै साबित्राको जारी भारतीय महिला लिगमा गोलसङख्या १३ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । मणिपुर पुलिस स्पोर्टसकी बालादेबी २६ गोलसहित शीर्ष स्थानमा छन् ।

सेतुको जितमा ग्रेसले पनि ह्याटिक गरिन् । १३ औं मिनेटमा पहिलो गोल गरेकी ग्रेसले पहिलो हाफको इन्जुरी समयमा दोस्रो तथा खेलको ५२ औं ह्याट्रिक गरेकी हुन् । सेतुका लागि रतनवालादेबीले १ गोल गरेकी थिइन् । एसएसबीको टोलीले एक गोल फर्काएको थियो । लिगको फाइनल बुधबार हुनेछ ।

मणिपुर पुलिस स्पोर्टसले सोमबार भएको पहिलो सेमिफाइनलमा गोकुलम केरलालाई ४-२ को गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ९ : २६ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।