साबित्राको गोलले तामिलनाडु क्लब सेतु फाइनलमा | Khabarhub Khabarhub

साबित्राको गोलले तामिलनाडु क्लब सेतु फाइनलमा


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकि प्रभावकारी खेलाडी साबित्रा भण्डारीले चार गोल गरेर सोमबार तामिलनाडु क्लब सेतुलाई भारतीय महिला फुटबल लिगको फाइनलमा पुर्‍याएकी छन्।

नेपाली फरवार्ड साबित्राले चार तथा ग्रेसले ह्याट्रिक गरेपछि सेतु सेन्ट्रल एसएसबी वुमन्सविरुद्ध ८-१ गोलअन्तरको जित निकाल्दै उपाधि नजिक पुगेको हो । सेतुले अब उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

लुधियानास्थित गुरु नानक स्टेडियममा एकलौटी बनेको खेलमा नेपालकी साबित्रा चम्कीन् । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा पहिलो गोल गरेकी साबित्राले ५९ औं मिनेटमा दोस्रो तथा ६५ औं मिनेटमा ह्याट्रिक पुरा गरीन् । खेल सकिन केही समय बाँकी रहँदा सेतुले टोलीका लागि आठौं तथा ब्यक्तिगत चौथो गोल गरिन् ।

आजको ४ गोलसंगै साबित्राको जारी भारतीय महिला लिगमा गोलसङख्या १३ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । मणिपुर पुलिस स्पोर्टसकी बालादेबी २६ गोलसहित शीर्ष स्थानमा छन् ।

सेतुको जितमा ग्रेसले पनि ह्याटिक गरिन् । १३ औं मिनेटमा पहिलो गोल गरेकी ग्रेसले पहिलो हाफको इन्जुरी समयमा दोस्रो तथा खेलको ५२ औं ह्याट्रिक गरेकी हुन् । सेतुका लागि रतनवालादेबीले १ गोल गरेकी थिइन् । एसएसबीको टोलीले एक गोल फर्काएको थियो । लिगको फाइनल बुधबार हुनेछ ।

मणिपुर पुलिस स्पोर्टसले सोमबार भएको पहिलो सेमिफाइनलमा गोकुलम केरलालाई ४-२ को गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ९ : २६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग