‘पूर्वको पशुपतिनाथ’मा निःशुल्क भोजनको व्यवस्था « Khabarhub

‘पूर्वको पशुपतिनाथ’मा निःशुल्क भोजनको व्यवस्था


७ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भद्रपुर– पूर्वी नेपालको पशुपतिनाथका रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा तीर्थयात्री र भक्तजनको घुइँचो लाग्न थालेको छ । झापासहित छिमेकी जिल्ला र भारतबाट समेत  जलेश्वरधाममा तीर्थयात्रीहरु पुग्ने गर्छन् ।

बढ्दो तीर्थयात्रीको संख्या र दीनदु:खीका लागि भन्दै धाममा नि:शुल्क भोजनको व्यवस्था समेत गरिएको छ ।  धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए ।

अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको जोशीले बताए । ‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो,’ कोषाध्यक्ष जोशीले भने, ‘सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ ।’

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम ३५ लाख बढी संकलन भइसकेको उनले जानकारी दिए । भविष्यमा १ करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  १० : ५५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने