बलिउडमा चल्यो कपिल शर्माकी पत्नी गर्भवती भएको चर्चा « Khabarhub

बलिउडमा चल्यो कपिल शर्माकी पत्नी गर्भवती भएको चर्चा


७ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कपिल शर्मा पछिल्लो समय आफ्नो शो ‘द कपिल शर्मा शो’ का कारण चर्चामा छन् । कपिलको यो कमेडी शो टीआरपीका मामलामा पनि नम्बर १ मा छ । कपिल आफ्नो व्यावसायिक जीवनसँगै वास्तविक जीवनलाई पनि सफल बनाउने योजनामा छन् ।

हालै भने कपिल शर्माका फ्यानलाई एउटा खुशीको कुरा छ । खबरलाई आधार मान्ने हो भने कपिल शर्मा र गिन्नी चतरथका घरमा नयाँ पाहुना को आगमन हुने भएको छ ।

भारतीय मिडियाले स्रोतका हवाला दिँदै यस्तो लेखेका छन् । रिपोर्टका अनुसार कपिल शर्माकी श्रीमती गिन्नी चतरथ गर्भवती छिन् । जहाँकि, यो खुशीको कुरालाई कपिल शर्मा र उनको परिवारले आधिकारिक रुपमा बताएका छैनन् । यसका साथै यो पनि खबर आएको छ कि, कपिलले नयाँ पाहुनाको स्वागतको तयारी पनि गरिरहेका छन् ।

कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग बिहे गरेका थिए । उनको बिहेमा बलिउडका कैयन् कलाकार पनि उपस्थित थिए । कपिल शर्माले भारतमा सबैभन्दा धेरै हेरिने स्टान्डअप कमेडियन बनेर वर्ल्ड बूक रेकर्डस् लण्डनमा आफ्नो नाम लेखाएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ११ : १८ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध