सैनिक कारबाहीमा १२ तालिबान लडाकूको मृत्यु | Khabarhub Khabarhub

सैनिक कारबाहीमा १२ तालिबान लडाकूको मृत्यु


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आतंककारी समूहविरुद्ध अफगानी सेनाले गरेको एक कारबाहीका क्रममा १२ जना तालिबान लडाकू मारिएका जनाइएको छ ।

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको त्यहाँको प्रान्तीय सरकारले जनाएको छ ।

कुन्जुद प्रान्त सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार बिहानीपख खान अबाद र छिमेकी अक्तास जिल्लामा सेनाले कारबाही गरेको जानकारी दिए ।

सैनिक कारबाहीका क्रममा १२ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु एक दर्जनभन्दा बढी लडाकू घाइते भएको प्रवक्ता मुरादीले बताए ।

उक्त सैनिक कारबाहीमा सरकारी सेनातर्फ कुनै क्षति नभएको सकरारी पक्षको दाबी छ । कुन्दुज प्रान्तमा निकै सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ०२ बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ