मिक्लाजुङ हत्याकाण्डबारे संसदमा गृहमन्त्रीको जवाफ माग « Khabarhub

मिक्लाजुङ हत्याकाण्डबारे संसदमा गृहमन्त्रीको जवाफ माग


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा २ परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा (बादल)को जवाफ माग गरिएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न समेत माग गरे ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सो घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानकर्षण गराइन् ।

घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि भुसालले आग्रह गरिन् ।

नेपाली कांग्रेसकै अर्का सांसद देवेन्द्रराज कँडेलले घटनाबारे गृहमन्त्रीको जवाफ माग गरे ।

२ परिवारका ९ जना व्यक्तिको विभत्स हत्या भएको घटना गम्भीर विषय भएको उल्लेख गर्दै सांसद कँडेलले यस विषयमा गृहमन्त्रीले संसदलाई जानकारी दिनुपर्ने बताए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : ३९ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ