बलिउड गायिका नेहा कक्करले काठमाडौंमा प्रस्तुति दिने | Khabarhub Khabarhub

बलिउड गायिका नेहा कक्करले काठमाडौंमा प्रस्तुति दिने


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – बलिउडमा चर्चा कमाएकी गायिका नेहा कक्करले नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छिन् । राजधानीको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा उनले कन्सर्ट गर्न लागेकी हुन् । योसँगै नेहाको नेपालमा यो पहिलो कन्सर्ट पनि हो ।

‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त कार्यक्रम जेठ २५ गते शनिवारका दिन हुनेछ । कन्सर्ट स्थलमा २५ सय दर्शक अटाउने आयोजकले जनाएको छ । नेहालाई नेपाल ल्याउने काम पारामाउन्ट इन्टरटेनमेन्टले गरेको हो ।

नेहाले उक्त कार्यक्रममा लोकप्रिय गीत प्रस्तुत गर्ने तयारीमा रहेको आयोजक संस्थाका प्रमुख दीपक घिमिरेले जानकारी दिए । कार्यक्रम बेलुका ८ बजेदेखि शुरु हुनेछ । प्रस्तुति दिनका लागि नेहा शुक्रवार नै नेपाल आउने योजना छ ।

यस्तै कार्यक्रममा नेपाली गायक तथा गायिकाको पनि सहभागिता रहने जनाइएको छ । कार्यक्रममा ‘इन्डियन आइडल’ का उत्कृष्ट दश प्रतिस्पर्धीले समेत आफ्नो प्रस्तुति दिनेछन् । कन्सर्टमा सहभाी हुन चाहने दर्शकका लागि बुकिङ खुला भइसकेको आयोजकले जनाएको छ ।

पछिल्लो समय नेहा कक्करले स्वर दिएका गीत हिट भएका छन् । बलिउड फिल्ममा गीत गाएकी नेहाले हालै आफ्नो युट्युबमा सार्वजनिक गरेको गीत ‘तेरा घाटा’ लाई दर्शकले रुचाएका थिए । त्यस्तै ‘आँख मारे’ बोलको गीत पनि चर्चित छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ४ : ०० बजे

कोशी प्रदेशमा सूचना प्रविधि तालिम सुरु

मोरङ– कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र

जुम्लाको तापक्रम माइनसमा झर्‍यो, जनजीवन प्रभावित

जुम्ला– जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले जनजीवन प्रभावित भएको

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही– सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

उदयपुर– उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको

साताका १३ तस्बिर

काठमाडौं – यो साता मौसम खुलेसँगै देखिएका पहाडका गाउँका सुन्दर