करार कर्मचारीलाई पनि उपदान दिन कांग्रेसको माग « Khabarhub

करार कर्मचारीलाई पनि उपदान दिन कांग्रेसको माग


७ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदानको व्यवस्था गर्न माग गरेको छ ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा सहभागी कांग्रेसका नेता दिलेन्द्र बडुले करार कर्मचारीलाई पनि सेवा सुविधा दिनुपर्ने माग गरेका हुन् ।

उनले कुनै पनि करार कर्मचारी उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपदान दिन सरकारसँग माग गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क गरे । उनले भने, ‘करारमा कार्यरत कर्मचारीलाई उनीहरुले गरेको सेवा अवधि बराबरको उपदानको व्यवस्था हुनुपर्छ, यसतर्फ सरकार पनि गम्भीर बन्नुपर्छ ।’

समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरुको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराए । उनले मुख्य सचिवको नियुक्ती मन्त्रिपरिषद बैठकले गर्न नहुने धारणा राखे । समितिकी सदस्य रामकुमारी झाँक्रीले खुला प्रतियोगिताबाट सहसचिव नियुक्त गर्ने व्यवस्था प्रभावकारी नहुने तर्क गरेकी थिइन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ४ : ४० बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते