करार कर्मचारीलाई पनि उपदान दिन कांग्रेसको माग « Khabarhub

करार कर्मचारीलाई पनि उपदान दिन कांग्रेसको माग


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदानको व्यवस्था गर्न माग गरेको छ ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा सहभागी कांग्रेसका नेता दिलेन्द्र बडुले करार कर्मचारीलाई पनि सेवा सुविधा दिनुपर्ने माग गरेका हुन् ।

उनले कुनै पनि करार कर्मचारी उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपदान दिन सरकारसँग माग गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क गरे । उनले भने, ‘करारमा कार्यरत कर्मचारीलाई उनीहरुले गरेको सेवा अवधि बराबरको उपदानको व्यवस्था हुनुपर्छ, यसतर्फ सरकार पनि गम्भीर बन्नुपर्छ ।’

समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरुको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराए । उनले मुख्य सचिवको नियुक्ती मन्त्रिपरिषद बैठकले गर्न नहुने धारणा राखे । समितिकी सदस्य रामकुमारी झाँक्रीले खुला प्रतियोगिताबाट सहसचिव नियुक्त गर्ने व्यवस्था प्रभावकारी नहुने तर्क गरेकी थिइन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ४ : ४० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी