मिक्लाजुङ हत्याकाण्डबारे प्रदेश सरकारका ‘गृह’मन्त्री भन्छन्– सुरक्षा व्यवस्था कमजोर छैन « Khabarhub

मिक्लाजुङ हत्याकाण्डबारे प्रदेश सरकारका ‘गृह’मन्त्री भन्छन्– सुरक्षा व्यवस्था कमजोर छैन


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा ९ जनाको ज्यान जानेगरी भएको हत्याकाण्ड सुरक्षा लापरवाहीका कारण नभएको बताएका छन् ।

सुरक्षा व्यवस्था कमजोर भएका कारण उक्त घटना भएको भन्न नमिल्ने मन्त्री कार्कीको भनाइ छ ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले उक्त घटनाका सम्बन्धमा प्रदेश सरकारले पनि समीक्षा गर्ने बताए ।

मन्त्री कार्कीले रातिको समयमा परिवारका सदस्यलाई लक्षित गरी भएको घटनालाई लिएर सिंगो सुरक्षा व्यवस्था नै कमजोर भएको भनेर भन्न नमिल्ने बताए ।

‘घटनाले केही आतंक मच्चाए पनि, सुरक्षा थे्रटको अवस्था छैन र सुरक्षा राज्यको नियन्त्रण भित्रै छ,’ मन्त्री कार्कीले भने ।

प्रदेशको ‘गृह मन्त्रालय’ मानिने आन्तरिक तथा कानून मन्त्रालयका प्रमुखले घटनाको सम्बन्धमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ४ : २१ बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै