खुश्बु ओली ३ महिनाका लागि जेल चलान « Khabarhub

खुश्बु ओली ३ महिनाका लागि जेल चलान


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– विभिन्न प्रकरणले चर्चा र विवादमा आइरहने मोडल खुश्बु  ओली चेक बाउन्स (अनादर) मुद्दामा दोषी ठहर भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले ओलीलाई ३ महिनाको कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले खुश्बुबाट ३ हजार रुपैयाँ जरिवाना असुल गर्न पनि आदेशमा भनेको छ ।

ओलीले ३ जनवारी २०१७ मा सप्तरीका गोपालबहादुर कटुवालका नाममा ३६ लाख रुपैयाँको चेक काटेकी थिइन् । उक्त चेक कुमार बैंकमा साट्न जाँदा अनादर (बाउन्स) भएको थियो ।

आफूलाई दिइएको चेक बाउन्स भएपछि कटुवालले २९ साउन २०७५ काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले चेकमा उल्लेखित रकम ३६ लाख रुपैयाँ भराउन पनि आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ३२ बजे

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला