प्रहरीको गोली लागेर भोजपुरमा विप्लव समूहका एक कार्यकर्ता घाइते « Khabarhub

प्रहरीको गोली लागेर भोजपुरमा विप्लव समूहका एक कार्यकर्ता घाइते


७ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच झडप भएको छ । ट्याम्के मैयुम गाउँपालिकामा भएको झडपमा विप्लव समूहका एक कार्यकर्ता घाइते भएका छन् ।

ट्याम्के–मैयुम गाउँपालिकामा विप्लव समूहका कार्यकर्ताहरुको गतिविधि बढेको सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय भोजपुर र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले कारबाही अघि बढाएको हो । गस्तीमा खटिएको टोलीले हात हतियारसहित रहेका विप्लव समूहा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको थियो । विप्लव समूहका एक जनाले प्रहरी टोलिमाथि फाइरिङ गर्न खोजेपछि प्रहरीले जबाफी आक्रमण गरेको थियो ।

प्रहरीको कारबाहीमा भोजपुर षडानन्द नगरपालिका–२ का ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । विप्लव समूहका अन्य सदस्य भने भागेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।  प्रहरीको गोली लागेर घाइते भएका घिमिरेको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली पाँच थान, लामो बाइनाकुलर एक थान, डेटोनेटर चार थान, २० मिटर डेटोनेटर कर्ड, बारुदलगायत पार्टीका पर्चा–पम्प्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ६ : ४१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया