प्रिमियर लिगमा सिटी र टोटनह्याम विजयी « Khabarhub

प्रिमियर लिगमा सिटी र टोटनह्याम विजयी


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलहरुमा म्यानचेस्टर सिटी र टोटनह्याम विजयी भएका छन्।

साविक विजेता म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउन विरुद्ध उसकै घरेलु मैदानमा ३–० को जित निकालेको हो। सिटीको जितमा ड्यानिलो, रहिम स्टर्लिङ र लिरोइ सानेले समान एक–एक गोल गरे।

यस्तै ह्यारी केन विनाको टोटनह्यामले फुलहाम विरुद्ध २–१ को जित निकालेको छ। केन घाइते भएका कारण उनी मार्च पहिलो हप्तादेखि मात्र मैदानमा देखिने क्लबले बताएको छ।

टोटनह्यामको जितमा डेली एली र ह्यारी विंक्सले गोल गरे। यस जितसँगै म्यानचेस्टर सिटी लिगमा ५६ अंक जोड्दै लिगको दोस्रो स्थानमै कायम रहेको छ। टोटनह्यामपनि ५१ अंक जोड्दै लिगको तेस्रो स्थानमै कायम रहेको छ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ४९ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर