असल पार्टनर चाहनुहुन्छ ? यी ६ प्रश्न महिलालाई भूलेर पनि नसोध्नुहोस् « Khabarhub

असल पार्टनर चाहनुहुन्छ ? यी ६ प्रश्न महिलालाई भूलेर पनि नसोध्नुहोस्


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पुरुष र महिलाबीचको सम्बन्ध सधैँ सुमधुर हुन सक्दैन । त्यसैले सदियौँदेखि यो विषय बहस र विवादको केन्द्रमा हुने गर्छ । तर यसो भन्दैमा महिला र पुरुष एकअर्कालाई सधैँ अलग राख्न पनि सक्दैनन् ।

एकअर्कालाई बुझ्न नसक्दा गुनासोका पोको ठूलै हुने गरे पनि केही विषयमा ध्यान दिने हो भने सम्बन्ध प्रगाढ पनि हुन सक्छ । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । महिलालाई सोध्नै नहुने प्रश्न के-के हुन् त ?

१. के म तिमीलाई चुम्बन गर्न सक्छु ?

कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु ? भनेर नसोध्नु होला । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरुलाई बच्चा जस्तो लाग्छ ।

२. धन सम्पतिको धाक

महिलाले सम्पतिको धाक लगाउने र कुरा गर्दैगर्दा कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुति र आत्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ ? मेरो बाइक देख्या छ ? भनेर कहिल्यै पनि नसोध्नुस् ।

३. के गर्ने कसो गर्ने

कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं, त्यो गरौं भनेको महिलालाई मन पर्छ ।

४. केटा साथीको बारेमा

कुनै पनि स्त्रीलाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नकारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्रीलाई इश्र्या वा शंका गरेको अनुभव हुन्छ । र जुन सम्बन्धका लागि घातक पनि हुन्छ ।

५. कारण र स्पष्टिकरण

यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् । किन जवाफ नदिएको ? केहो भन्नेजस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाईं उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

६. यौन पार्टनर

कुनै पनि स्त्रीलाई कति जना पुरुषसँग यौन सम्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ५९ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले